काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा पुगेको छ।
कारोबार बन्द हुँदासम्म बजारमा कुल ३ अर्ब १९ करोड ६२ लाख ९० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यस अवधिमा ३०९ कम्पनीका ७५ लाख १५ हजारभन्दा बढी कित्ता सेयर ३५ हजार ८३७ पटक कारोबार भएका छन्।
आज बजारमा ३७ कम्पनीको मूल्य बढ्दा २०४ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रह्यो। बैंकिङ र म्युचुअल फण्ड समूहमा सामान्य सुधार देखिए पनि अन्य सबै समूहका सूचक ओरालो लागेका छन्। सबैभन्दा ठूलो गिरावट अन्य समूहमा देखिएको छ।



















