जेनजी आन्दोलनका क्रममा फरार १२२ कैदीबन्दी काठमाडौँमा पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका १२२ जना कैदीबन्दीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ, उपत्यका अपराध अनुसन्धान कार्यालय तथा सम्बन्धित टोलीको संयुक्त अभियानमा ती कैदीबन्दीहरू पक्राउ परेका हुन्।

पक्राउ परेकामध्ये ११२ जना पुरुष र १० जना महिला रहेका छन्। प्रहरीले समाज र छिमेकमा कारागारबाट फरार देखिएका व्यक्तिहरूबारे तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय