सोमबार, बैशाख ०७, २०८३
प्रहरी दिवसमा तीन उत्कृष्ट प्रहरी पुरस्कृत 

काठमाडौं ।  ७० औं प्रहरी दिवसको अवसरमा तीन उत्कृष्ट प्रहरीलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको छ। विभिन्न बिधामा उत्कृष्ट काम गर्नेलाई गृहमन्त्री ओमप्रकाश अर्यालले पुरस्कृत गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत भोलाकुमार भट्टलाई पूर्णशान्ति पुरस्कार तथा अनाश्रीत गुल्मका इन्सपेक्टर दुर्गा राईलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान गरिएको छ।

त्यस्तै, केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा कार्यरत डिएसपी धर्मराज भण्डारीलाई प्रदान गरिएको छ। उनी ठूला घटनाको अनुसन्धानमा खटिदै आएका छन्।

त्यस्तै, पूर्वडिआइजी कृष्णबहादुर रानालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय