काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपाली समाजमा राष्ट्रिय एकता थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
छठ पर्व–२०८२ को अवसरमा जारी शुभकामना सन्देशमा उनले भनेका छन् कि यस पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धिमा योगदान पुग्नेछ ।
विधिपूर्वक छठको व्रत बस्दा मनोवाञ्छित फल प्राप्त हुने, परिवारको कल्याण हुने र दुःख–कष्ट हटेर शुभता फैलिने जनविश्वास रहेको पनि उल्लेख गरिएको छ ।
राष्ट्रपति पौडेलले भनेका छन्, “यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक लगायतका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गर्दै सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ गर्न प्रेरणा प्रदान गर्नेछ भन्नेमा मैले विश्वास लिएको छु ।”



















