आइतबार, जेठ ०३, २०८३
उत्तरी गोरखामा हिमपात : जनजीवन र पर्यटक प्रभावित, मनास्लु क्षेत्र सेताम्य

काठमाडौँ । उत्तरी गोरखाका उच्च भेगका विभिन्न गाउँमा गएरातिदेखि निरन्तर हिमपात भइरहेको छ । चुमनुब्री गाउँपालिकाका स्थानीयले जनाए अनुसार, हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।

चुमनुब्री गाउँपालिका–७ का स्थानीय पासाङफुञ्जो लामाले भने, “गए राति हल्का वर्षा सुरु भएको थियो, त्यसपछि हिउँ पर्न थाल्यो। अहिले पनि हिउँ परिरहेको छ। मानिसहरू घरभित्रै आगो तापेर बसिरहेका छन्, चौँरीहरू पनि गोठभित्र राखिएका छन्।”

तीन हजार मिटरभन्दा माथिको उचाइमा पर्ने निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ र छेकमलगायत गाउँ हिउँले ढाकिएका छन्। त्यस्तै वडा नं १ का सामागाउँ, साम्दो र वडा नं २ का स्याला, ल्हो लगायतका बस्तीहरू पनि सेताम्य बनेका छन्।

हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटकहरूको यात्रा पनि प्रभावित भएको छ। पाँच हजार १०६ मिटर अग्लो लार्के पासतर्फ गएका पर्यटकहरू हिमपातका कारण सामागाउँ र साम्दोमा रोकिएका स्थानीयहरूले बताएका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय