मंगलबार, बैशाख ०८, २०८३
केन्यामा विमान दुर्घटना: १२ जना यात्रुको मृत्यु

काठमाडौँ । केन्याको तटीय काउन्टी क्वालेमा मङ्गलबार भएको विमान दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

केन्या नागरिक उड्डयन प्राधिकरण (KCAA) ले जारी गरेको विज्ञप्तिअनुसार दियानीबाट मासाई मारा नेसनल रिजर्भको किचवा टेम्बोतर्फ उडेको ५–वाई–सिसिए विमान दुर्घटनाग्रस्त भएको पुष्टि भएको छ ।

विमानमा १२ जना यात्रु सवार रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको केसीएएले जनाएको छ । मासाई मारा भ्रमणमा निस्किएका पर्यटकहरू उक्त विमानमा सवार रहेको र सबैको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

दुर्घटनामा परेको विमान मोम्बासा तथा देशका अन्य प्रमुख पर्यटकीय क्षेत्रहरू बीच उडान गर्ने एक एयरलाइन्सको रहेको बताइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय