काठमाडौँ । दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ जाँदै गरेको बा २ ख १९८३ नम्बरको बस दुर्घटनामा परिँदा बसमा ३५ जना सवार थिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
उपचार पछि अन्य २० जना घर फर्किसकेका छन्। बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



















