सोमबार, बैशाख ०७, २०८३
पाल्पामा ईभी भ्यान दुर्घटना : तीन जनाको मृत्यु, चार घाइते

काभ्रे । पश्चम पाल्पाको रैनादेवीछहरा गाउँपालिका–४ मेहलढाँपस्थित भित्री सडकमा आज दिउँसो ईभी भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०००१ ज ००९१ नम्बरको ईभी भ्यान रैनादेवीछहरा–४ पिपलभञ्याङमा आज दिउँसो १ बजे दुर्घटनामा परेको स्थानीयवासी इश्वर ज्ञवालीले जानकारी दिनुभयो । दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृत्यु हुनेमा रैनादेवीछहरा–४ का ४५ वर्षीय चालक कमलबहादुर रायमाझी, सोही वडाका रामबहादुर गाहा, र रैनादेवीछहरा–१ सिद्धेश्वरका मुक्तबहादुर बुढाथोकी रहेका छन् ।

दुर्घटनामा घाइते भएका चार जनालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार भ्यान सडकबाट करिब १५ मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय