सोमबार, बैशाख ०७, २०८३
खगेन्द्र सुनारलाई धरौटीमा छाड्ने काभ्रे अदालतको आदेश

काभ्रे । विद्युतीय कारोबारसम्बन्धी मुद्दामा दलित अभियन्ता खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने जिल्ला अदालत काभ्रेपलान्चोकको आदेश भएको छ ।

अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई ५० हजार धरौटी लिएर छाड्न आदेश गरेका हुन् ।

अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दाका सुनार फरार प्रतिवादी थिए । मन्त्रीमा सिफारिस भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको सार्वजनिक भएको थियो ।

सुनारलाई काभ्रे अदालतले ५ साउनमा दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पक्राउ पूर्जी जारी गरेको थियो ।

गौतमले आफूलाई सुनारले सामाजिक सञ्जालमा गरेको गालीगलौजसहितको स्क्रिन सटको प्रमाण राखेर विद्युतीय अपराध कसुरमा काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय