आइतबार, बैशाख ०६, २०८३
सुन २९ सयले र चाँदी ५० रुपैयाँले वृद्धि

काभ्रे। नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबारसम्म सुनको मूल्य तोलाको दुई लाख ३८ हजार छ सय रुपैयाँमा रहेको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी तोलामा ५० रुपैयाँले बढेर तीन हजार ६५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

आइतबार चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा कारोबार भएको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय