सोमबार, बैशाख ०७, २०८३
नेपाल प्रहरीको ३३औँ महानिरीक्षकमा दानबहादुर कार्की

काठमाडौँ । नेपाल प्रहरीको दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्ति गरेको हो।

१७ कात्तिक बिहीबारदेखि लागू हुने गरी उनी नियुक्त भएका हुन्। हालका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले बुधबारदेखि अवकाश पाउने भएपछि कार्की नियुक्त भएका हुन्। उनी एआइजीको वरीयतामा १ नम्बरमा थिए।

उनीसहित राजन अधिकारी, डा.मनोज केसी र सिद्धिबिक्रम शाह आइजिपीका प्रतिस्पर्धी थिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय