बुधबार, बैशाख १६, २०८३
किरात महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौँ । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ।

विसं १९४२ कात्तिक २५ गते इलामको साधारण परिवारमा जन्मिएका फाल्गुनन्दले किरात भाषा, लिपि, संस्कार, संस्कृति तथा समाज सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

समाज सुधारका लागि उनले नीति निर्माणसमेत गरेका थिए, जसलाई ‘सत्य धर्म मुचुल्का’ भन्ने गरिन्छ। यो नीति विसं १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो।

फाल्गुनन्दको विसं २००५ सालमा निधन भएको थियो। किरात समाजमा पुर्‍याएको असाधारण योगदानको सम्मानस्वरूप नेपाली सरकारले उनीलाई विसं २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषित गरेको हो।

सिफारिस

ताजा समाचार

लोकप्रिय