काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा रहने जनाइएको छ । त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहनेछ।



















