बिहिबार, जेठ ०७, २०८३
धुलिखेल महोत्सवमा कार्तिक २८ गते गायक प्रमोद खरेलको प्रस्तुती रहने

काभ्रे । काभ्रेको धुलिखेलमा जारी धुलिखेल महोत्सव २०८२ मा पर्सी अर्थात शुक्रबार चर्चित ख्याती प्राप्त गायक प्रमोद खरेलको प्रस्तुति रहने भएको छ । खरेलका उस्ले जती माया तिमीलाई, म विना मुस्किल छ कसै कसैलाई पोखरामा, यो कुरा गोप्य नै राखौला लगायतका गीतहरु चर्चित छन् ।

धुलिखेलको रंगशालाको परिसरमा जारी कृषि, सांस्कृतिक, पर्यटन तथा व्यापार प्रवद्र्धनको धुलिखेल महोत्सबमा प्रमोद खरेल संगै सिर्जना खत्री (हाउडे माया), सबिना दाहाल, रमेश पाठक र चेतन राई लगाएतको दमदार प्रस्तुति रहने छ ।

महोत्सब मंसिर ३ गतेसम्म चल्ने छ  । उक्त महोत्सब आकाश भैरव क्लब धुलिखेलको आयोजनामा र धुलिखेल नगरपालिकाको संरक्षकत्व र लालीगुराँस क्रियसन मिडिया नेपालले ब्यबस्थापक गरेको हो ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय