काठमाडौँ । विश्वभर आज नेपालसहित विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमसहित विश्व मधुमेह दिवस मनाइँदै छ। मधुमेहको जोखिम, रोकथाम र उपचारसम्बन्धी जनचेतना विस्तार गर्नु नै यस दिवसको मुख्य उद्देश्य हो।
सन् २००७ देखि संयुक्त राष्ट्रसङ्घको पहलमा विश्व मधुमेह दिवस मनाउन थालिएको हो। मधुमेह नियन्त्रण र उपचारमा प्रभावकारी हस्तक्षेपका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न राष्ट्रसङ्घले सदस्य देशहरूलाई निरन्तर प्रोत्साहित गर्दै आएको छ।




















