बिहिबार, बैशाख १७, २०८३
आजदेखि एनपिएल : पहिलो खेलमा जनकपुर र काठमाडौँ भिड्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले दिउँसो ४ बजे प्रतिस्पर्धा गर्नेछन्।

यस वर्षका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो र रातिको सत्रमा आयोजना हुनेछन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले दैनिक ९ हजार ४५० टिकट बिक्री गर्ने व्यवस्था गरेको छ। पहिलो दिनको खेलका सबै टिकट तीन दिनअघि नै बिक्री भइसकेका छन्। दर्शकको अत्यधिक चाप हुने भएकाले क्यानका सचिव पारस खड्काले थप दर्शकलाई घरमै बसेर खेल हेर्न आग्रह गरेका छन्।

मंसिर १ देखि २७ गतेसम्म चल्ने एनपिएलमा लिग चरण, तीन प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन्। उद्घाटन दिनका लागि सामान्य टिकट ५ सय र प्रिमियम १५ सय रूपैयाँ तोकिएको छ। यस्तै लिग चरणका खेलहरूमा सामान्य ५ सय र प्रिमियम १ हजार रूपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय