काभ्रे । काभ्रेको धुलिखेलमा जारी धुलिखेल महोत्सव २०८२ मा आज ज्योति मगरको दमदार धमाका प्रस्तुति रहने भएको छ ।
मगरको लठै पर्यो तन्नेरी मलाई हेरी हेरी, जिम्मल बाउकी छोरी, कान्छी मुसुक्कै पैसा भुसुक्कै, पिरतीमा दम छ, साँडे गोरु जस्ता हजारौ चर्चित गीत छन् ।
धुलिखेलको रंगशालाको परिसरमा जारी कृषि, सांस्कृतिक, पर्यटन तथा व्यापार प्रवद्र्धनको धुलिखेल महोत्सबमा ज्योति मगर संगै रमेश राज भट्टराई र बिभिन्न कलाकारको दमदार प्रस्तुति रहने छ ।
महोत्सब मंसिर ३ गतेसम्म चल्ने छ । उक्त महोत्सब आकाश भैरव क्लब धुलिखेलको आयोजनामा र धुलिखेल नगरपालिकाको संरक्षकत्व र लालीगुराँस क्रियसन मिडिया नेपालले ब्यबस्थापक गरेको हो ।



















