काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् । दिउसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
निर्वाचनको वातावरण बनाउनका लागि यसअघि पनि प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग छलफल गरेकी थिइन् । शीर्ष नेताहरूसँग भने प्रधानमन्त्री कार्कीले छलफल गरेकी छैनन् ।



















