बिहिबार, जेठ ०७, २०८३
धुलिखेल महोत्सवमा आज विशाल काल्तानको प्रस्तुति रहने

काभ्रे । काभ्रेको धुलिखेलमा जारी धुलिखेल महोत्सव २०८२ मा आज  चर्चित ख्याती प्राप्त गायक विशाल काल्तानको प्रस्तुति रहने भएको छ । उनको तामाङ सेलो डम्फु त माथी, बल्ल ढल्कियो जोवन, के खानु कसम, हिरो हिरोनी लगायतका गीतहरु चर्चित छन् ।

धुलिखेलको रंगशालाको परिसरमा जारी कृषि, सांस्कृतिक, पर्यटन तथा व्यापार प्रवद्र्धनको धुलिखेल महोत्सबमा विशाल काल्तान संगै सोनु कुस्मी, विशाल सुवाल, श्रवण रिमाल, सुवास योगल, अस्मिता फुयाल लगाएतको दमदार प्रस्तुति रहने छ ।

महोत्सब मंसिर ३ गतेसम्म चल्ने छ  । उक्त महोत्सब आकाश भैरव क्लब धुलिखेलको आयोजनामा र धुलिखेल नगरपालिकाको संरक्षकत्व र लालीगुराँस क्रियसन मिडिया नेपालले ब्यबस्थापक गरेको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय