सोमबार, बैशाख ०७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । बुधबार सुनको मूल्य प्रतितोला दुई हजार ८ सयले रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार बुधबार सुन प्रतितोला दुई लाख ४२ हजार तीन सय रूपैयाँमा कारोबार भएको छ।

मंगलबार सुन प्रतितोला दुई लाख ३९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको छ । त्यस्तै, बुधबार चाँदीको मूल्य पनि प्रतितोला  ६० रूपैयाँले बढेको छ।

मंगलबार तीन हजार ९० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार तीन हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय