शनिबार, जेठ ३०, २०८३
धुलिखेल महोत्सवमा आज जितु लोप्चनको प्रस्तुति रहने

काभ्रे । काभ्रेको धुलिखेलमा जारी धुलिखेल महोत्सव २०८२ मा आज  चर्चित ख्याती प्राप्त गायिका जितु लोप्चनको प्रस्तुति रहने भएको छ । उनको तामाङ सेलो मैच्याङ टुकुल टुकुल, च्यान्ना फुर्ति, नगरन रिस, भुल्न सक्दिन, नक्कली छामे, युरोपको लाहुरे लगायतका गीतहरु चर्चित छन् ।

धुलिखेलको रंगशालाको परिसरमा जारी कृषि, सांस्कृतिक, पर्यटन तथा व्यापार प्रवद्र्धनको धुलिखेल महोत्सबमा जितु लोप्चन संगै सुर्यमणी आचार्य, राजन चौलागाईं (खैराते), प्रताप हुमागाई (झुले) लगाएतको दमदार प्रस्तुति रहने छ ।

महोत्सब मंसिर ३ गतेसम्म चल्ने भनिएको महोत्सव ३ दिन थपेर ६ गतेसम्म सञ्चालन हुने भएको छ  । उक्त महोत्सब आकाश भैरव क्लब धुलिखेलको आयोजनामा र धुलिखेल नगरपालिकाको संरक्षकत्व र लालीगुराँस क्रियसन मिडिया नेपालले ब्यबस्थापक गरेको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय