काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतमाथि सुनसरीमा आक्रमणको प्रयास भएको छ। आइतबार बस्नेत चढेको गाडीमा ढुंगा प्रहार भएको छ।
राष्ट्रिय युवा संघ नेपाल, कोशी प्रदेशको जागरण सभा तथा जेन–जी पुस्तासँग अन्तर–संवाद कार्यक्रमका लागि सुनसरी पुगेका बस्नेतमाथि ढुंगथा प्रहार भएको हो।
विराटनगर एयरपोर्टबाट निस्किने क्रममा बस्नेतको गाडीमा प्रहार भएको हो। उनी विराटनगर हुँदै इटहरीतर्फ जाँदै थिए ।
नेता बस्नेतमाथि अर्पित कुवरले ढुंगा प्रहार गरेको बताइएको छ। अहिले ती युवा प्रहरीको नियन्त्रणमा रहेका छन्।



















