सोमबार, बैशाख ०७, २०८३
काभ्रेको पनौतीबाट नगदसहित ६ जुवाडे पक्राउ

काभ्रे । काभ्रेको पनौतीबाट जुवा तास खेल्ने ६ जनालाई नगद सहित प्रहरीले पक्राउ गरेको छ ।

पनौती नगरपालिका–९ स्थित हरियाली रिसोर्टमा जुवा (कौडा) खेलिरहेका ६ जनालाई नगद सहित पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रबिन बिष्टले जानकारी दिए ।

उनका अनुसार गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ३ लाख ६ हजार ४ सय रुपैयाँ नगद र १६ थान कौडा समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय