काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। आज प्रतिताेला चार सय रुपैंयाँले घटेकाे हाे । यससँगै आज प्रतिताेला २ लाख ४८ हजार ४०० रुपैंयाँ कायम भएको छ।
याे हप्ता आइतबार प्रतिताेला दुई हजार नाै सय रुपैंयाँले बढेकाे थियाे । साेमबार प्रतिताेला एक हजार नाै सय रुपैंयाँले घटेकाे थियाे । मंगलबार पाँच हजार दुई सय रुपैंयाँले बढ्याे । बुधबार प्रतिताेला नौ सय रुपैंयाँले बढेकाे थियाे ।
गत हप्ता आइतबार प्रतिताेला ६ हजार नौ सयले घटेको सुन साेमबार ५०० ले बढेकाे थियाे । मंगलबार तीन हजार आठ सयले घटेकाे थियाे । बुधबार दुई हजार आठ सयले बढ्याे । बिहीबार सात सय रुपैंयाँले बढेकाे थियाे भने शुक्रबार प्रतिताेला एक हजार तीन सय रुपैंयाँले घट्याे ।
यस्तै आज चाँदीको मूल्य भने ६० रुपैंयाँले बढेको छ। यससँगै आज चाँदी ३ हजार दुई सय ८० रुपैंयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।



















