काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् ।
शुक्रबार रास्वपाको पार्टी कार्यालय बनस्थलीमा एक कार्यक्रमका बीच पोखरेल पार्टी प्रवेश गर्न लागेका हुन् ।
पोखरेल नेपाल प्रहरीको आईजीपीका बलियो प्रतिस्पर्धी थिए । १६ महिना सिनियर पोखरेललाई पछि पार्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले धिरज प्रताप सिंहलाई आईजीपी बनाएपछि असन्तुष्ट बनेका पोखरेलले राजीनामा गरेका थिए ।



















