सोमबार, बैशाख ०७, २०८३
रास्वपाका नेताहरूसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग छलफल गरेकी छन् । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री कार्कीले रास्वपाका नेताहरूसँग छलफल गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीसँगको छलफलका लागि रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, नेताहरू शिशिर खनाल र सोबिता गौतम शनिबार बालुवाटार पुगेका थिए ।

छलफलमा प्रधानमन्त्री कार्कीले सरकार चुनाव गराउन प्रतिबद्ध रहेको कुरा रास्वपा नेताहरूसँग राखेकी थिइन् । भयरहित, निष्पक्ष निर्वाचन गराउन सरकारले सबै किसिमले तयारी गरिरहेको प्रधानमन्त्री कार्कीले बताएको छलफलमा सहभागी एक रास्वपाको नेताले बताए ।

रास्वपा नेताहरूले पनि आफूहरू निर्वाचनमा सहभागी हुने बताउँदै सरकारलाई आवश्यक सहयोग गर्ने बताएका ती नेताले जानकारी दिए । प्रधानमन्त्री कार्कीले पछिल्लो समय सबै दलका नेताहरूलाई बालुवाटार बोलाएर छलफल गरिरहेकी छन् । शनिबार नै प्रधानमन्त्री कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूलाई पनि छलफलका लागि बालुवाटार बोलाएकी छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय