सोमबार, बैशाख ०७, २०८३
तोरी फूलेर पहेंलपुर बेथानचोक (तस्वीरहरू)

काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका–३ गैरीभञ्ज्याङमा स्थानीयले गरेको तोरीबारी । करिब २० रोपनीमा गरिएको तोरीबारीमा अचेल फूल फुलेर आकर्षक देखिएको छ ।

बेथानचोक नारायाण र गजराम पर्वतको काखमा रहेको ढुंखर्क, गैह्रीभञ्ज्याङ, च्याम्राङवेशी, गुम्वाडाँडा क्षेत्रमा यतिखेर खेतियोग्य जमिनमा तोरी फुलेर पहेँलपुर भएको छ । किनकी तोरी खेतीले ढाकिएका यहाँका खेतबारीका गह्राहरु तोरी फूलेर ढकमक्क भएका हुन् ।

बेथानचोक गाउँपालिका वडानम्बर ३ गैह्री भञ्ज्याङ, बतासे, नेपालटोल, वडा नं २ को डाँडागाउँ, अर्खौले, चोरण्डे, वडा ३ र ४ को सिमानामा रहेको गुम्बुडाँडा, वडा नं १ मा रहेको च्याम्राङवेशी क्षेत्रमा तोरी फूलेको दृष्यले यतिबेला धेरैलाई लोभ्याएको छ ।

उक्त क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरु समेत बेथानचोक नारायण, गजराम पर्वत लगायत हिमालको दृश्यावलोकनको लागि पर्यटकहरु पुगिरहेका छन् । उक्त क्षेत्रबाट दृश्यावलोकनको लागि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको माउण्ट महाभारत होमस्टे एण्ड रिट्रिटका संचालक कमल नेपालले जानकारी दिए ।

तस्वीर: कमल नेपाल 

 

सिफारिस

ताजा समाचार

लोकप्रिय