काठमाडौँ । पोखरा एभेन्जर्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्समाथि सहज जित निकालेको छ । मंगलबार भएको खेलमा पोखराले कर्णाली याक्समाथि ३४ रनको जित निकालेको हो ।
कर्णालीका लागि मार्क वाटले ५९ रनको अर्धशतकीय पारी खेले । ३४ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै नजमउल्लाह जर्दानले २४ रन बनाउँदा पवन सरर्फले १९ रनको योगदान गरे । पोखराका लागि ऋषी धवन र धनन्जय लक्षनले तीन तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २०१ रन बनाएको थियो । पोखराका लागि रोसिङ्टोनले शतकीय पारी खेले । ५७ बल खेलेका उनले ११ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै जेसन रोयले ४६ रन बनाउँदा धनन्जय लक्सनले २३ रनको योगदान गरे । पोखराका कप्तान कुशल भुर्तेलले १८ रन जोडे ।
कर्णालीका लागि मार्क वाट र नन्दन यादवले एक एक विकेट लिए । आजको खेलमा जित निकाल्दै पोखराले पाँच खेलबाट ४ अंक जोडेको छ । पराजित कर्णालीको ६ खेलबाट २ अंक छ ।



















