सोमबार, बैशाख ०७, २०८३
प्रतिबन्धित लागूऔषध गाँजासहित युवक पक्राउ

उदयपुर । इलाका प्रहरी कार्यालय बेल्टार र प्रहरी चौकी बसाहाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार साँझ चौदण्डीगढी नगरपालिका–३ पैँतालिस चोकबाट प्रतिबन्धित लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

उदयपुर वेलकाको रामपुरबाट सप्तरीको कञ्चनपुर तर्फ जाँदै गरेको प्र.२-०१-००३ प २९३५ नम्बरको मोटरसाइकलमा सवार सप्तरी कन्चनरुप नगरपालिका–९ बस्ने २४ वर्षीय शिवशंकर रामलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट ५ केजी १०० ग्राम प्रतिबन्धित लागू औषध गाँजा बरामद गरिएको छ ।  निजलाई इलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय