आइतबार, बैशाख ०६, २०८३
सुनचाँदीको भाउ घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि निर्धारण गरेअनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको हो ।

अघिल्लो दिन प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५२ हजार ४ सय रुपैयाँमा कायम भएको छ ।

त्यस्तै चाँदीको भाउ तोलामा ७० रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६२५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ५५५ रुपैयाँ तय भएको छ ।

यसअघि चाँदी बुधबार हालसम्मकै उच्च प्रतितोला ३ हजार ६५५ रुपैयाँ पुगेको रेकर्ड छ । त्यस्तै सुनको भाउ असोज ३१ गते हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय