काठमाडौँ । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई जेनजी सुशासन योद्धाको रूपमा चिन्हित गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा नामावली राख्नका लागि जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
मन्त्रालयले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै तीन दिनभित्र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा उक्त नामावली राख्ने व्यवस्था मिलाउन भनेको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा आजै मन्त्रिस्तरीय निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ।
गत भदौ २३ र २४ गतेका दिन भएको प्रदर्शनमा मृत्यु भएका ४५ जनालाई सरकारले सहिद घोषणा गरेको थियो। सहिद घोषणा सम्बन्धी सूचना नेपाल राजपत्रमा गत कात्तिक १७ गते प्रकाशित भएको थियो।



















