काठमाडौँ । नेपाल प्रहरीले हुण्डीमार्फत् रु ५७ लाखभन्दा बढीको कारोबार गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।
प्रहरी वृत्त कालीमाटीको टोलीले काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरस्थित चुन्ने पाखा टोलमा हुण्डीमार्फत् रु ५७ लाख ४७ हजार ३५० को कारोबार गर्दै काभ्रेपलाञ्चोकको नमोबुद्धका ३४ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
पक्राउ परेका श्रेष्ठलाई हुण्डी कारोबार गर्ने कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिएका छन्।























