काठमाडौँ । भारतीय टिभी च्यानल कलर्सबाट प्रसारण हुने बहुचर्चित रियालिटी शो ‘बिग बोस’ सिजन १९ को उपाधि गौरव खन्नाले जितेका छन् ।
आइतबार राति आयोजित ग्रान्ड फिनालेमा अभिनेता सलमान खानले उनलाई नगद ५० लाख भारुसहित ट्रफी पुरस्कार प्रदान गरे। खन्नाले प्रतियोगिताका क्रममा एक कार पनि पुरस्कारको रूपमा जितेका थिए ।
फरहाना भट्टलाई पहिलो उपविजेता र प्रणित मोरेलाई दोस्रो उपविजेता घोषित गरिएको थियो। गौरवले अमल मलिक, फरहाना, प्रणित मोरे र तान्या मित्तलसँग कडा प्रतिस्पर्धा गर्दै उपाधि जितेका छन् ।























