काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी भिड्दै छन् ।
काठमाण्डु टीमको कप्तानी करण केसीले गरिरहेका छन् भने लुम्बिनीको नेतृत्व राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको हातमा छ।
अंक तालिकामा तेस्रो र चौथो स्थानमा रहेका यी दुई टिमले इलिमिनेटरमा एकअर्कासँग प्रतिस्पर्धा गर्दै उपाधि यात्रामा अगाडि बढ्ने प्रयास गर्नेछन्।
यो इलिमिनेटर प्रतिस्पर्धा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज, बुधबार, दिउँसो ४ बजे सुरु हुनेछ। एनपीएलको पहिलो सिजनमा लिग चरणबाट बाहिरिएका दुवै टिमले यस पटक इलिमिनेटरबाट उपाधि जित्ने लक्ष्य राखेका छन्।
लिग चरणमा काठमाण्डुसँग २२ रनले पराजित भएको लुम्बिनी इलिमिनेटरमा बदला लिन इच्छुक छ। अर्कोतर्फ, काठमाण्डुले लिग चरणमा राम्रो प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य राखेको छ।



















