मंगलबार, बैशाख ०८, २०८३
टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा १८ वर्षीय युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार, बुधबार राति बाँकेको नेपालगन्जका सुदीप खत्रीको मृत्यु भएको हो।

दुर्घटना पनौती नगरपालिका–५, आईटीपार्कस्थित सडकमा बा.प्र.०२–०१७ प ०४०६ नम्बरको मोटरसाइकलको भएको हो। दुर्घटनामा सुदीप गम्भीर घाइते भएपछि उनलाई बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो, जहाँ उनको मृत्यु भएको प्रहरीद्वारा पुष्टि गरिएको छ।

प्रारम्भिक जानकारी अनुसार, मोटरसाइकलले उक्त स्थानमा रोकिराखेको बा२क ७३५० नम्बरको टिपरलाई ठोक्किएको थियो। त्यसपछि मोटरसाइकल अनियन्त्रित भई अर्को टिपर, बा.प्र.०१–००६ ख २२१७ नम्बरको टिपरमुनि छिरेको थियो। दुवै टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय