आइतबार, माघ ११, २०८२
नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार ३ अर्ब ५० करोड पुग्यो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ। नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशतले घटेर २,६०७.३७ को बिन्दुमा बन्द भएको हो। आज ३२६ कम्पनीका ७७ लाख ६८ हजार ६०१ कित्ता सेयर ६९ हजार ७२९ पटक किनबेच हुँदा कुल कारोबार रकम रु ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार ७५६.५७ पुगेको नेप्सेले जनाएको छ।

आजको कारोबारमा ९८ कम्पनीका सेयर मूल्य वृद्धि भएका छन् भने १४९ कम्पनीका मूल्य घटेका छन्। ११ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन। विभिन्न समूहहरूमा पनि परिवर्तन आएको छ। बैंकिङ समूहले ०.१५ प्रतिशत, जीवन बिमा समूहले ०.१८ प्रतिशत, उत्पादन र प्रशोधन समूहले ०.९२ प्रतिशत, माइक्रोफाइनान्स समूहले ०.०९ प्रतिशत र व्यापार समूहले ०.०७ प्रतिशत वृद्धि गरेको छ।

त्यसैगरि, विकास बैंक समूहले ०.१९ प्रतिशत, फाइनान्स समूहले ०.६५ प्रतिशत, होटल र पर्यटन समूहले ०.५४ प्रतिशत, हाइड्रोपावर समूहले ०.३६ प्रतिशत, लगानी समूहले ०.२९ प्रतिशत, निर्जीवन बिमा समूहले ०.१६ प्रतिशत र अन्य समूहले ०.६३ प्रतिशत गिरावट देखाएको छ।

आज स्वस्तिक लघुवित्त वित्तीय संस्थान लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ८.४२ प्रतिशत घटेको छ। कारोबारको आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको सेयर किनबेच भएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय