काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै च्याम्पियन बनेको हो ।
सुदूरपश्चिमले दिएको ८६ रनको सानो लक्ष्य लुम्बिनीले ९ ओभरको अन्तिम बलमा चार विकेटको क्षतिमा पूरा गर्यो।
हारसँगै सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक उपविजेतामा सीमित भएको छ। पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको सुदूरपश्चिमले यसपटक पनि उपाधि जित्न सकेन।























