मंगलबार, बैशाख ०८, २०८३
मन्त्री घिसिङले मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिए

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडकलाई शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन्।

आज जामुनेबाट पोखरासम्मको पश्चिम खण्डको निरीक्षण गर्दै उनले निर्माण व्यवसायीलाई निर्धारित समयमा काम सक्न र आवागमनलाई सहज बनाउन आग्रह गरे।

मन्त्री घिसिङले पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरा सम्मको प्रगति विवरणबारे जानकारी लिँदै समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले भने, “पश्चिम खण्डमा भौतिक प्रगति ५९.७६ प्रतिशत र वित्तीय प्रगति ४७.८० प्रतिशत पुगेको छ।”

आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार, ४८.८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७.४ किलोमिटरमा एकतर्फी कालोपत्रको पहिलो तह सकिएको छ। त्यसमध्ये २९.६१ किलोमिटरमा चार लेन र ७.७९ किलोमिटरमा दुई लेन कालोपत्र पूरा भएको जानकारी दिइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय