बुधबार, बैशाख १६, २०८३
यु–१९ एसिया कपमा नेपाल १२४ रनमै अलआउट, अफगानिस्तानलाई १२५ रनको लक्ष्य

काठमाडौं। यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमै अलआउट भयो ।

नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए । चन्दन रामले २७ रनको योगदान दिए भने अभिषेक तिवारीले २० रन जोडे। अन्य ब्याट्सम्यानले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् ।

अफगानिस्तानतर्फबाट जाइटुल्लाह शाहिनले ३ विकेट लिए । साथै अब्दुल अजिज, नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान २–२ विकेट हात पारे ।

सिफारिस

ताजा समाचार

लोकप्रिय