काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ५.७० अंकले बढेर २,६२५.७० बिन्दुमा पुगेको छ।
आज ३३२ कम्पनीका ८५,९८,४२४ कित्ता शेयर ५८,०९६ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ५ करोड ३७ लाख २० हजार ७८२ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।
कारोबारका क्रममा होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचकमा वृद्धि देखिएको छ।
आज स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।



















