काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले आगामी साता राजनीतिक नेताहरुलाई बयानका लागि बोलाउने तयारी गरेको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुधबार भेटेर यसबारे जानकारी गराएका हुन्।
गत भदौ २३ गते सुरु भएको जेनजी आन्दोलनको दमन र भोलिपल्ट भएको विध्वंशबारे अनुसन्धान गर्न गठित आयोगले तत्कालीन गृहसचिव, गृहमन्त्री र प्रधानमन्त्रीको बयान लिन तयारी गरेको छ। त्यतिबेला गृहसचिव गोकर्णमणि दुवाडी, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओली थिए। आयोगले उनीहरुलाई बयानका लागि पत्र पठाउने तयारीमा छ।
यसअघि ओलीले आयोगलाई बयान नदिने सार्वजनिक रूपमा घोषणा गरिसकेका छन्।



















