मंगलबार, बैशाख ०८, २०८३
प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट, द्विपक्षीय सम्बन्धमा छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेट गरेका छन्।

स्वदेश फर्किन लाग्नुभएका सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन्, प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

भेटका क्रममा नेपाल–चीन सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो। सोङले चीन नेपालको घनिष्ठ मित्र भएको र नेपालको विकास निर्माणका हरेक पक्षमा सहयोग गर्दै आएको भन्दै भविष्यमा पनि निरन्तर सहयोग रहने बताएका छन्।

प्रधानमन्त्री कार्कीले राजदूत सोङलाई आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरी स्वदेश फर्किने अवसरमा बधाई दिँदै सुखद यात्रा कामना गरिन्। उनले नेपाल एक–चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालको भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै गतिविधि नहुने विश्वास दिलाइन्। साथै चीनबाट नेपालको विकास निर्माणमा निरन्तर समर्थन र सहयोग प्राप्त हुने आशा व्यक्त गरिन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय