काठमाडौं । आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य ७ सय रुपैयाँले वृद्धि भएर प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर ४ हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।



















