काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट सचिव पदमा महेश बस्नेतसहित नौ जना विजयी भएका छन् ।
बस्नेत सर्वाधिक १५४४ मत प्राप्त गरे । त्यसैगरी, पद्माकुमारी अर्याल १५३०, छविलाल विश्वकर्मा १५०६, शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी १२३१ मत ल्याएर सचिव पदमा विजय प्राप्त गरेका हुन् ।
त्यस्तै, यामलाल कँडेल ११८५, राजन भट्टराई ११८१ भानुभक्त ढकाल ११०८ मत पाए ।



















