काठमाडौं ।काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा डंगोल केन्द्रीय सदस्यका रूपमा चयन भएकी हुन्।
केन्द्रीय सदस्यका लागि ४० वर्ष मुनिका सदस्यतर्फ डंगोलले १६६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ई. राजन थापाले २२९ र सन्तोष खड्काले ३३० मत प्राप्त गरे।



















