काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन र सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।
महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो र काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्रको समापन आज भएको हो ।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा गरे, जसअनुसार केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी, २५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका सदस्यहरू निर्वाचित भएका छन्।
नव निर्वाचित अध्यक्ष ओलीले सपथ लिएका थिए र अन्य पदाधिकारी तथा सदस्यलाई सपथ गराएका छन्।



















