बिहिबार, बैशाख १७, २०८३
विश्व ध्यान दिवस आज मनाइँदै

काठमाडौँ । संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ।

संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसको रूपमा मनाउने घोषणा गरेको थियो, र त्यस अनुसार नेपालमा पनि यस दिनलाई मनाउन तयारी भइरहेको छ ।

संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायको रूपमा स्वीकार गरेको छ। पछिल्लो वर्ष, डिसेम्बर ७ मा, संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो।

यसै वर्ष पहिलोपटक नेपालमा टुँडिखेलमा सरकारको आयोजनामा यो दिवस मनाइएको थियो। यस वर्ष पनि सरकारकै पहलमा यो दिवस मनाउन लागिएको हो। नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’का रूपमा विकास गर्ने प्रयासहरू भइरहेका छन्, र यस क्षेत्रमा लागेका व्यक्तिहरूका अनुसार, यस क्षेत्रमा अझ बढी काम गर्नुपर्ने आवश्यकता छ।

एघार वर्षको निरन्तर प्रयासपछि, राष्ट्रसंघले ध्यान दिवसलाई मान्यता दिएको हो। सन् २०१४ देखि यो प्रस्ताव अघि बढाइएको थियो, र गत वर्ष डिसेम्बर ७ मा १८ देशका प्रतिनिधिहरूसहित नेपालले यो प्रस्ताव पारित गराएको थियो।

यस अवसरमा आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सैनिक मञ्च, टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ। त्यस्तै, दक्षिणकाली नगरपालिका-१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा ध्यानका बारेमा अन्तरक्रिया र सामूहिक ध्यान गर्ने कार्यक्रम रहेको छ। यस अवसरमा अन्य सरोकार भएका निकायहरूले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय