काठमाडौँ । मधेस प्रदेश सभामा आज सभामुख चयनका लागि निर्वाचन हुने भएको छ। सभामुखका लागि दुई जनाले उम्मेदवारी दिएका छन्।
सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेका प्रदेश सांसद त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराएका छन्।
यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतो समर्थक रहेका छन्। त्रिलोकी प्रसादका समर्थकमा जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा रहेका छन्।
आज दिउँसो १ बजे हुने प्रदेशसभा बैठकमा सभामुख चयनका लागि प्रस्ताव प्रस्तुत गरिने कार्यतालिका रहेको छ।



















