मंगलबार, बैशाख ०८, २०८३
तोडिएका ठेक्कामा तत्काल टेन्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडकहरूको निर्माण सुनिश्चित गर्न नयाँ टेन्डर प्रक्रिया तत्काल सुरु गर्न निर्देशन दिएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री घिसिङले रद्द गरिएका ठेक्काका बाँकी कामहरूको नापजाँच गरी निर्माण पूरा गर्न लाग्ने बजेटको मूल्यांकन गरेर नयाँ टेन्डर प्रक्रिया अगाडि बढाउनुपर्ने बताए।

सडक विभागअन्तर्गत वर्षौंदेखि अलपत्र पारिएका सडक र पुल निर्माणका ४३ ठेक्का तोडिएका छन्, जसको कुल रकम २ अर्ब ९७ करोड ७९ लाख रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार र यातायात मन्त्रालयका लागि १ खर्ब ५१ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरिएको छ, जसमा पहिलो त्रैमासिकका लागि ४८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको थियो। तर, यस विनियोजित रकममध्ये ११ अर्ब ६४ लाख रुपैयाँ मात्रै खर्च भएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय