आइतबार, माघ ११, २०८२
परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रूपमा अघि बढाएको छ: मन्त्री गौतम

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगको रूपमा अघि बढाएको बताउनुभएको छ।

विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गौतमले आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिका लागि यथोचित बजेट छुट्याइएको जानकारी दिनुभयो।

उहाँले राष्ट्रिय स्वास्थ्य नीतिमा, स्वास्थ्य मन्त्रालयको पञ्चवर्षीय रणनीति र कार्यनीतिहरूमा पनि आयुर्वेदका कार्यक्रमहरूको समावेश भएको उल्लेख गर्दै, यस पद्धतिलाई थप प्रोत्साहन दिइने कुरा बताउनुभयो।

सिफारिस

ताजा समाचार

लोकप्रिय